Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीको रहस्यमय मृत्यु भएपछि श्रीमान् प्रहरी नियन्त्रणमा

सिरहा : सिरहाको कल्याणपुर नगरपालिका ८ स्थित आफ्नै घरमा मट्टितेल खन्याएर आगो लगाई महिलाको हत्या भएको महिना दिन नपुग्दै कर्जन्हा नगरपालिका बस्तीपुरमा एक विवाहिता महिलाको रहस्यमय मृत्यु भएको छ ।

बस्तीपुरकी चन्देश्वर यादवकी पत्नी करिब २९ वर्षीया रीतुदेवी यादवलाई मंगलबार अपराह्न घरमा मृत फेला पारिएको थियो । रीतुदेवीको मृत्युको सूचना पाए लगत्तै प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछका लागि पति चन्देश्वरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक खनालका अनुसार चन्देश्वर केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए । ‘घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान थालिएको छ,’ प्रहरी नायव उपरीक्षक खनालले भने, ‘पोष्टमार्टमको प्रतिवेदन नआएसम्म मृत्युको कारणको विषयमा बताउन सकिंदैन ।’

करिब छ वर्षीया छोरीकी आमा रीतुदेवीको पतिसँगको विवाद वा झैझगडा के थियो भन्ने विषयमा केही खुलेको छैन । यद्यपि, रीतुदेवीले छोरा नजन्माएको निहुँमा पछिल्लो केही समयदेखि पति र परिवारका सदस्यहरुसँग झगडा हुँदै आएको बताइएको छ । रीतुदेवीको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसामद स्मारक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्