Logo
१५ बैशाख २०८१, शनिबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानूनको विरोधमा प्रदर्शन

गर्भपतमाथि प्रतिबन्ध लगाउने कानून विभिन्न राज्यले पारित गरेपछि त्यसको विरोधमा विरोध प्रदर्शन भएको छ । गर्भपतनमाथि प्रतिबन्ध वा त्यसलाई अति नै सीमित गर्ने सम्बन्धी कानूनको विरोधमा हजारौँ मानिस अमेरिकाभर प्रदर्शनमा उत्रिएका हुन् ।

रिपब्लिकन पार्टीको बाहुल्यता रहेका राज्यहरुले गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानून पारित गरिरहेका छन् । जसले सर्वोच्च अदालतले गरेको फैसलालाई चुनौति दिएको छ ।

अमेरिकामा सन् १९७३ मा सर्वोच्च अदालतको फैसलासँगै गर्भपतनले कानूनी मान्यता पाएको थियो । तर रिपब्लिकन बाहुल्य राज्यमा बनेका नयाँ कानूनले आफ्नो शरीरमाथिको निर्णय लिने अधिकार महिलाबाट खोसेको भन्दै विरोध भएको हो ।

गएको हप्ता अलाबामा राज्यले गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो । यस्तै अर्कान्सस, जर्जिया, केन्टुकी, मिजोरी र ओहायो राज्यले पनि यस्तै कानून पारित गरेका छन् ।

यो वर्षको सुरुमा सर्वोच्च अदालतले लुजियाना राज्यमा गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानून लागु गर्न रोक लगाएको थियो ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्