Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुुस लिएको आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउमा

बुटवल :  सशस्त्र प्रहरी बल ४१ नम्बर गुल्म (औद्योगिक सुरक्षा) बुटवलमा कार्यरत सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ परेका छन् । सामान्य व्यापार गरेर जीविक चलाउने व्यक्तिसँग मासिक रुपमा नगद नबुझाए व्यवसाय बन्द गरिदिने धम्की दिएर घुस रकम उठाउने क्रममा सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले केसीलाई पक्राउ गरेको हो । केसीलाई बुटवल उपमहानगरपालिका-७ दिपनगरस्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्