Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उदयपुरमा टिपर दुर्घटना, २ जनाको मृत्यु

उदयपुर : सिद्धिचरण लोकमार्गाको कटारी–घुर्मी खण्डमा पर्ने खानीडाँडामा टिपर दुर्घटन हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान कटारी नगरपालिका-१४ घुर्मी खानीडाँडामा ना ७ ख ७००० नम्बरको टिपर अनियन्त्रित दुर्घटनामा सहचालकसहित दुई जनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सहचालक सिन्धुली दुधौली नगरपालिका-११ का २० वर्षीय लीलाबहादुर सार्की र टिपरमा सवार कटारी नगरपालिका-५ भोर्लेका ३० वर्षीय डिकबहादुर बुढाथोकीको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्देव राईले जानकारी दिए ।

टिपर सडकबाट करिब एक किलो मिटर तल खसेको छ । मृतकहरुको शव अन्दाजी ७०० मिटरमा तल भीरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेशकुमार चौधरीले टिपर अनियन्त्रित भई दुर्घटना भएको बताए । उनले भने, ‘टिपरका चालक, सहचालकका बुबा हर्क मिजार सार्की हाम फालेर बचेको जानकारी आएको छ ।’ चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परी उदयपुरमा ३८ जनाको मृत्यु भएको छ ६० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्