Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डडेल्धुरामा प्याड मेसिन सञ्चालन

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिका-४ बगरकोटमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्याड मेसिन सञ्चालनमा ल्याइएको छ ।

गाँउपालिकाले जिल्लामै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको हो । उक्त मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाकी अध्यक्ष कौशीला भट्टले बताइन ।

‘छात्राहरुलाई चाहिएको बेला भिन्नै मेसिनमा स्मार्ट कार्ड छिराएर प्याड निकाल्न सक्नेछन्’ उनले भनिन ‘विद्यालयमा अहिले १ सय १० वटा स्मार्टकार्ड वितरण गरेका छौ ।’ सेनेटरी प्याड मेसिन किशोरीहरुलाई सुरक्षित महसुस हुने भिन्नै स्थानमा राखिएको उनले बताइन् ।

‘अब अन्य माध्यमिक विद्यालयमा पनि सेनेटरी प्याड निकाल्ने मेसिन राख्ने योजनामा छौं’ उनले भनिन् । मेसिन राखेपछि महिनावारीका कारण छात्राहरु दुईरतीन दिनसम्म विद्यालय नआउने, आइहाले पनि कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य हुने शिक्षिका भुवनेश्वरी शाहीले बताइन् ।

प्रकाशित मिति: May 15, 2019

प्रतिक्रिया दिनुहोस्