Logo
|| May 13, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल इन्भेस्टमेन्ट बैंकको ८०औँ शाखा देवानगञ्जमा

https://www.nibl.com.npकाठमाडौं :  नेपाल इन्भेस्टमेन्ट बैंकले सुनसरीको देवानगन्ज गाँउपालिकामा ८०औं शाखा विस्तार गरेको छ। देवानगन्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ। उक्त शाखाले करिब ५० हजार स्थानीयलाई वित्तीय सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।

बैंकले काठमाडौं उपत्यकाभित्र २४ र उपत्यकाबाहिर ५६ शाखाबाट सेवा दिइरहेको छ। नयाँ खुलेको शाखामा केही दिनभित्रै एटिएम सेवा पनि सञ्चालनमा आउने जनाइएको छ। उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलगायत बैंकका कर्मचारी र स्थानीयको उपस्थिति थियो ।

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार १०:५७

प्रतिक्रिया दिनुहोस्