Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्बोच्चको आदेशपछि रोकियो वंशजको नागरिकता, २४ सयको हातमा टोकन मात्र !

विराटनगर : जेठ २१ गते सम्मका लागि नागरिकता बितरणका लागि टोकन वितरण गरिए पनि सर्बोच्चको आदेशपछि अहिले जन्मको आधारमा नागरिकता लिएका बुबाआमाका सन्तानलाई वंशजको नागरिकता वितरण रोकिएको छ ।

गृह मन्त्रालयले परिपत्र गरेपछि मोरङमा जन्मसिद्ध नागरिकका तीन हजार नौ सय १० जना सन्तानले वंशज नागरिकता लिइसकेका छन् । अरु २४ सय जना नागरिकता दिने पालो पर्खिरहेका छन् ।

गृह मन्त्रालयको परिपत्र पछि नागरिकता बनाउनेको भीड बढेपछि जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली सुरु गरेको थियो । गृहको परिपत्रका आधारमा दिइने नागरिकता दिनमा १ सय ५० जनालाई मात्र दिन टोकन वितरण गरिएको थियो । तर पछि घटाएर दिनमा एक सय वटा मात्र टोकन वितराण् गरिको थियो ।

चैतमा वितरण भएको टोकन बिहीबार सकिदै थियो । पुरानो टोकनका ३०० र नयाँ टोकन लिएका २१ सय गरी २४ सय जना नागरिकता पाउने पालो पर्खिरहेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रशासन कार्यालय रंगेली र उर्लाबारीबाट जम्मा ३ हजार ९ सय १० जनाले नागरिकता पाएका छन् ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्