Logo
१९ बैशाख २०८१, बुधबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेपत्ता भएको भनिएको अढाई वर्षीय दुधेबालकको घाँटी रेटी हत्या, घरपछाडिको बगैँचामा भेटियो शव

जनकपुरधाम : धनुषामा अढाई वर्षीया दुधे बालकको घाँटी रेटी हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका सम्भू साहका अढाई वर्षीय छोरा आर्यन साहको घाँटी रेटी हत्या भएको हो ।

सोमबारदेखि हराइरहेका बालकको आफ्नै घर पछाडिको आँपको बगैचामा मंगलबार विहान घाँटी रेटेर हत्या भएको अवस्थामा फेला परेको छ । बालक सोमबार दिउँसो घरबाट वेपत्ता भएपछि प्रहरीलाई जानकारी सहित चारैतिर खोजविन भएको थियो ।

वैदेशिक रोजगारीमा गएका सम्भूको दुई छोरी र एक मात्र छोरा आर्यन थिए । घटनाले घरपरिवार सहित गाउँले शोकमा डुबेका छन् । ईलाका प्रहरी कायालय ढल्केबारका प्रहरी निरीक्षक सरोज राईले बालकको हत्या भएको बताउनुभयो ।

उहाँका अनुसार घटना स्थालमा प्रहरी घेरा हाली अनुसन्धान गरिरहेको छ । यसअघि एक एक दिन उक्त धनुषा ढल्केवरका उक्त बालक घरबाट बेपत्ता भएको खबर सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्