Logo
१५ बैशाख २०८१, शनिबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम-नयाँशक्तिबाट यसरी बन्दैछ समाजवादी पार्टी, एकता सभामा कांग्रेस नेता ढुंगाना पनि उपस्थित

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीच प्रज्ञा भवन कमलादीमा एकता सभा भइरहेको छ ।

मधेस आन्दोलबाट उठेको संघीय समाजवादी फोरम नेपाल र तत्कालीन माओवादीबाट छुटेर बनेको नयाँ शक्ति नेपालको एकतापछि समाजवादी पार्टी नेपाल बन्दैछ ।

वैकल्पिक शक्ति बन्ने अभियानमा रहेका डा. बाबुराम र तराई मधेसको पहिलो शक्ति बन्ने अभियानमा रहेको फोरमबीचको एकतापछि पार्टी देशभर फैलिने विश्वास दुवै पक्षले लिएका छन् ।

यो एकतापछि डा.बाबुरामलाई तराई-मधेससम्म पुग्ने गतिलो अवसर मिलेको छ। अर्कातिर पहाडमा कम्जोर रहेको उपेन्द्र नेतृत्वको फोरमको संगठनमा पनि बाबुराममार्फत् हिमालसम्म पुग्ने विश्वास नेताहरुले गरेका छन् ।

एकता सभामा कांग्रेस नेता ढुंगाना :
यसैबीच एकता सभामा कांग्रेस नेता दमननाथ ढुंगाना पुगेका छन् । पूर्वसभामुखसमेत रहेका ढुंगाना कांग्रेसबाट प्रतिनिधिसभामा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार थिए।

उनलाई तत्कालीन एमाले-माओवादी गठबन्धनका महेश बस्नेतले पराजित गरेका थिए। दुई पार्टी एकताको शुभकामना दिन ढुंगाना कार्यक्रममा आएका नयाँ शक्ति नेपालका नेता नेता गंगानारायण श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्