Logo
१५ बैशाख २०८१, शनिबार
(May 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझै भेटिएन तस्करले लुटेर लगेको प्रहरीको पेस्तोल

जनकपुर : धनुषाको दक्षिणी सिमावर्ती क्षेत्रमा पर्ने मुखियापट्टी मुसहरनिया स्थित नाकामा तस्कर र प्रहरीबीच झडप भएको छ । सो क्रममा तस्करले एक प्रहरीको पेस्तोल समेत लुटेर लगेको बताइएको छ ।

नेपालबाट भारततर्फ अवैधरुपमा रक्सी लगिरहेको तस्करको समूह र प्रहरीबीच बुधबार बिहान झडप भएको थियो । तस्करले एक प्रहरीको पेस्तोल र गोली खोसेर भागेपछि अहिलेसम्म पनि सो क्षेत्रको अवस्था तनाव छ ।तस्करहरुले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमारसाहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसमा प्रयोग हुने गोली म्यागेजिन समेत लुटेर भागेपछि अवस्था तनावपूर्ण बनेको हो ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले प्रहरीको पेस्तोल खोसेको बताएपनि यसबारे खोजतलास तथा वस्तु अवस्था बुझ्नका लागि अर्का प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोको नेतृत्वमा टोली घटनास्थल तर्फ नै छ । भारततर्फ अवैध मदिरा लैजान रोक्दा तस्करले प्रहरीमाथि आक्रमण गरेको बताउदैँ प्रवक्ता कार्कीले यसबारे सत्यतथ्य बुझ्न डिएसपी ज्ञान कुमार महतो नेतृत्वको टोली घटनास्थलमा पठाइएको बताए ।

प्रकाशित मिति: May 1, 2019

प्रतिक्रिया दिनुहोस्