Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनियन्त्रित झाडापखलाका कारण बिरामी हुनेको संख्या १६० पुग्यो, १ जनाको मृत्यु

गुल्मी :  मुसिकोट नगरपालिकामा फैलिएको झाडापखालाबाट १ जना बालकको मृत्यु भएको छ। गत सोमबारदेखि फैलिएको झाडापखालाबाट वडा नम्बर ४ दजाकोटमा १२ वर्षीय रेसम सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

झाडापखला अझै नियन्त्रणमा आउन सकेको छैन। झाडापखलाका कारण बिरामी हुनेको संख्या १६० पुगेको छ। जसमध्ये दुई जनाको जिल्ला अस्पताल गुल्मी र १ जनाको चितवनमा उपचार भइरहेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। शनिवार पानीको ल्याव जाँच गर्दा पानीमा कोलीफर्म पाइएको थियो।

झाडापखला नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य संगठनका २ जना डाक्टरहरुसहितको टोली दजाकोटमा रहेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए। बिरामीहरुलाई स्थानीय विद्यालयमा जिल्ला जनस्वास्थ्यका चिकित्सकको टोलीले क्याम्प सञ्चालन गरी उपचार गरिरहेको बताइएको छ। दजाकोटमा पानीलाई उमालेर मात्र पिउने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
पुर्याउने

प्रकाशित मिति: Apr 28, 2019

प्रतिक्रिया दिनुहोस्