Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति राजकीय भ्रमणका लागि चीन प्रस्थान, कार्यक्रमको कार्यतालिकासहित

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन प्रस्थान गर्दै छिन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमणमा निस्कन लागेकी हुन्।

गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेर चीन जान लागेको यो पहिलोपटक हो। यसअघि अघिल्लो वर्ष जुन १९ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा निजी क्षेत्रको हिमालयन एयरलाइन्स चार्टड गरिएको थियो।

भ्रमणको सरकारी टोलीमा ३४ र निजीतर्फ ९ सदस्य बेइजिङ जानेछन्। उद्योग वाणिज्य संघका थप ३ पदाधिकारी भने बेइजिङ पुगेर मिसिनेछ। राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रपति कार्यालयका विज्ञहरु शुशीलराज प्याकुर्‍याल तथा लालबाबु यादवसमेत बेइजिङ जाँदैछन्।

परराष्ट्र स्रोतका अनुसार काठमाडौंबाट सियाङ हुँदै बेइजिङ पुगेर नेपाल वायुसेवाको चार्टड विमान भने शुक्रबार काठमाडौं फर्कनेछ । चीन भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास गर्ने भएको छ।

यस्तो छ विस्तृत कार्यतालिका
१२ वैशाख : ११ वैशाखमा मध्य चीनको सान्सी प्रान्तको राजधानी सियान उत्रने राष्ट्रपतिको भ्रमण दलको कार्यक्रम छ। १२ वैशाखमा राष्ट्रपति भण्डारीसँग सान्सी प्रान्तका नेताहरुले भेटघाट गर्नेछन्। दिउँसो सियान शहरको भ्रमण गर्ने कार्यक्रम छ। १२ गते साँझ साढे सात बजे भण्डारी बेइजिङ उड्ने कार्यक्रम छ।

१३ वैशाख :  बेइजिङस्थित राष्ट्रिय सम्मेलन केन्द्रमा चीनका राष्ट्रपति सीले बीआरआईको दोस्रो शीखर सम्मेलनको उद्घाटन बिहान साढे ९ बजे गर्नेछन। ११ बजेपछि सोही हलमा उच्चस्तरीय बैठक हुनेछ। साँझ राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ राष्ट्रपति सीले ग्रेट हल अफ दि पिपुलमा रात्रीभोज आयोजना गरेका छन्।

१४ वैशाख :  राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजेबाट बीआरआई सम्मेलनमा सहभागी हुने पाहुनाका लागि ‘वेलकम सेरोमोनी’ हुनेछ। साढे ११ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सत्रमा कनेक्टिभिटिले ल्याउने आर्थिक वृृद्धिका नयाँ स्रोतहरूबारे छलफल हुनेछ। लगत्तै समूहमा फोटो खिचाएपछि अतिथिहरुका लागि ककटेल रिसेप्सन आयोजना गरिएको छ। अपरान्ह ३ः१५ देखि साँझ पौने ६ बजेसम्म तेस्रो सत्रमा सहभागी भएपछि राष्ट्रपति भण्डारी नेपाली दूतवासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुनेछिन्।

१५ वैशाख :  बेइजिङको चाओयाङमा बिहान उद्योग तथ व्यापार सम्बन्धी बैठकमा सहभागी भएपछि राष्ट्रपति भण्डारी दिउँसो भ्रमणमा निस्कनेछिन्। उनले भ्रमण गर्ने ठाउँहरु निर्धारण हुन बाँकी नै छ। साँझ ६ बजे अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी र त्यहाँ नेपालले बनाएको लुम्बिनी पीस गार्डेनमा सहभागी भएलगत्तै होटल फर्केर डिनर गर्ने कार्यक्रम छ।

१७ वैशाख :  बिहान साढे ६ बजे राष्ट्रपति भण्डारीको टोली चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्ने भ्रमणतालिकामा उल्लेख छ। दिउँसो ल्हासा भ्रमण गरेपछि राष्ट्रपति भण्डारीसँग साँझ तिब्बतका नेताहरुले दुई पक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ।

१८ वैशाख :  बिहान ल्हासस्थित नेपाली महावाणिज्य दूतवासले राखेको स्वागत कार्यक्रममा सहभागी भएपछि राष्ट्रपति भण्डारीले दिउँसो टिबेट अटोनोमस डिस्ट्रिक ९टीबीसी० को भ्रमण गर्ने कार्यसूची छ।

१९ वैशाख :  बिहान ११ः५० बजे राष्ट्रपति भण्डारीले नेतृत्व गरेको नेपाली टोली काठमाडौं प्रस्थान गर्नेछ।

नेपाल वायुसेवा निगमको विमानमा अहिले बिहान ११ बजे राष्ट्रपति चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्