Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले केही गरेन भन्नेहरुलाई अब काम गरेरै जवाफ दिनेछौं : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही गरेन भन्नेहरुलाई काम गरेरै जवाफ दिने बताएका छन् ।

सोमबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले केही गरेन भन्नेहरुलाई काम गरेरै जवाफ दिने बताउँदै यस पटकको बजेटमार्फत बृद्ध भत्ता बढाउने घोषणा गरेका हुन् ।

उनले आफ्नो नेतृत्वको सरकारले गतवर्ष बृद्धभत्रा बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरे । ‘गत बर्षको बजेटमा हामीले जेष्ठ नागरिक भत्ताको व्यवस्था गरेका थिएनौ । अत्यन्तै नाजुक अवस्थामा देशको अर्थतन्त्र पुर्याइएको थियो । त्यस ठाउँबाट अर्थतन्त्रलाई ठिक बाटोमा ल्याइएको छ’ प्रधानमन्त्रीको भनाई थियो ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्