Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनतालाई भ्रममा पार्दै सरकार, सरकारी सम्पत्ति हडप्नेलाई खोजीखोजी कारबाही गर्नुपर्छ : केसी

बुटवल : नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सरकारले जनतालाई भ्रममा पारेको आरोप लगाएका छन् ।

सोमबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै केसीले सरकारले हावादारीका नारा बनाएर जनतालाई भ्रममा पारेको आरोप लगाउँदै अब सरकार आफैंले गरेका गल्तीकै कारण ढल्ने बताएका हुन् ।

देशका अन्य ठाउँमा पनि सरकारी सम्पत्ति हड्प्ने खेल भइरहेको भन्दै त्यस्ता कार्यमा संलग्न जोसुकै भएपनि कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिए ।

उनले भने, ‘सरकारी सम्पत्ति हिनामिना गर्ने जो केही भएपनि सरकारले छाड्नुहुँदैन, नेकपाका वा काँग्रेस पार्टीकै जोसुकै भएपनि कानुनी दायरमा ल्याउनुपर्छ ।’

नेता केसीले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाउँदै सोही कारण राष्ट्र, राष्ट्रियता र अर्थतन्त्र इतिहासमै कमजोर अवस्थामा पुगेको दाबी गरे ।

सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा नभएको दाबी गर्दै केसीले प्रधानमन्त्री ओलीले संसदीय प्रकृया र मूल्य मान्यतालाई पनि तोडेको आरोप लगाए ।

लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज्दा सरकार आफै नियन्त्रण हुने पनि उनले जिकिर गरे ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्