Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आत्मघाती हमलापछि श्रीलङ्कामा यस्तो छ अहिलेको अवस्था (फोटोफिचर)

श्रीलङ्कामा आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोटपछि सरकारले देशभरी कर्फ्यू लगाएको छ । श्रीलङ्काली सरकारले उक्त आत्मघाती हमलाको षड्यन्त्र विदेशमा रचिएको बताएको छ । अहिलेसम्म ८ बम बिस्फोट भएको छ जसमा मृत्यु हुनेको संख्या २९० पुगेको छ भने ४५० घाइते छन् । मृतकमा २७ विदेशी नागरिक पनि समावेश छन् ।

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेका अनुसार यस मामलामा संलग्न भएको आशंकामा अहिलेसम्म ८ जनालाई पक्राउ गरिएको छ । पक्राउ सबै श्रीलङ्काका नागरिक हुन् । उनीहरुको कुनै अन्तरराष्ट्रिय संगठनसँग सम्पर्कको पनि अनुसन्धान गरिँदै छ । अहिलेसम्म कुनै पनि संगठनले बिस्फोटको जिम्मेवारी लिएको छैन ।

प्रधानमन्त्रीले सम्भावित हमलाबारे पुलिसलाई पहिले नै जानकारी भएको प्रतित हुने बताउँदै क्याबिनेटलाई यसबारे कुनै जानकारी नभएको बताएका छन् । हमलापछि श्रीलङ्कामा कर्फ्यू लगाइएको छ र सोसल मिडियालाई पनि प्रतिबन्ध लगाइएको छ ।

श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको संख्या २९० पुग्यो
श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा २४ जनालाई पक्राउ गरेको छ । शोकमा डुबेको श्रीलङ्कामा एक दशकपछि भएको यस्तो शक्तिशाली बिस्फोटमा संलग्न रहेकाहरुको बारेमा जानकारी सार्वजनिक गरेको छैन । र कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएका छैनन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए ।

मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट जनधनको ठूलो क्षति भएको बताएका छन् । बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।

दश दिन अगाबै चेतावनी दिइएको थियो
श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै चेतावनी (अलर्ट) जारी गरेका थिए । एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए ।

“एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ (एनटीजे) नामको समूहले प्रमुख चर्चहरु र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,” प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ । एनटीजे श्रीलङ्कामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो ।

यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरुको तोडफोड गरेको पाइएको थियो । श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आक्रमणको पूर्व सूचना पाएर पनि सुरक्षा निकायले पर्याप्त सतर्कता अपनाउन नसकेकामा सुरक्षा निकायको आलोचना गर्नुभएको छ । तर उहाँले अहिले सरकारको पहिलो दायित्व मृतक र घाइतेको उचित व्यवस्थापन तथा शान्ति सुरक्षाको प्रबन्ध रहेको बताउनुभयो ।

हेर्नुस् तस्विरहरु :

Security personnel stand guard outside St. Anthony’s Shrine in Colombo on April 22, 2019, a day after the church was hit in a series of bomb blasts targeting churches and luxury hotels in Sri Lanka. (Photo by Jewel SAMAD / AFP)
Residents read newspapers near St. Anthony’s Shrine in Colombo on April 22, 2019, a day after a series of bomb blasts targeting churches and luxury hotels in Sri Lanka. – At least 290 are now known to have died in a series of bomb blasts that tore through churches and luxury hotels in Sri Lanka, in the worst violence to hit the island since its devastating civil war ended a decade ago. (Photo by Jewel SAMAD / AFP)
Security personnel stand guard outside St. Anthony’s Shrine in Colombo on April 22, 2019, a day after the church was hit in series of bomb blasts targeting churches and luxury hotels in Sri Lanka. – At least 290 are now known to have died in a series of bomb blasts that tore through churches and luxury hotels in Sri Lanka, in the worst violence to hit the island since its devastating civil war ended a decade ago. (Photo by Jewel SAMAD / AFP)

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्