Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालको शौचालयमा झुण्डेको अवस्थामा भेटियो नर्सको शव, केटी साथीसँगै गर्थिन् प्रेम

जनकपुरधाम : जनकपुर स्थित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स झुण्डेको अवस्थामा शौचालयमा फेला परेकी छन् । हस्पिटल भित्रको होस्टेलमा बस्दै आएकी महोत्तरीको गौशाला नगरपालिका रामनगरकी २४ वर्षीया रक्षा आले आईतवार विहान शौचालय भित्रै पासो लागेर झुण्डेके अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

राती १ बजे शौचालय भित्रैबाट बन्द गरि पासो लागेको जनाइएको छ । आईतवार विहान प्रहरीले मुचुल्का गरेर शवलाई पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नावय उपरीक्षक रमेश कार्कीले बताउनुभयो ।

अस्पताल श्रोतका अनुसार पासो लागेकी रक्षाले होस्टलमै संगै बस्ने अर्की केटी साथीसंग विचित्र व्यवहार गर्दै आएकी थिइन् । उनले एक केटीसाथीसंग प्रेम गर्दै आएकी थिइन् । ती केटी साथीलाई तिमी विना बाँच्न नसक्ने भन्दै केटा जस्तो व्यवहार गर्न आग्रह गर्दै आएकी थिइन् । यो कुरा उनकी केटी साथीले अरु साथीलाई सुनाएपछि त्यसो नगर्न रक्षालाई सम्झाई बुझाई गरेका थिए ।

रक्षाले शनिवार दिउँसो ती केटीसाथीसंग रिचार्ज समेत माग गरेकी थिइन् । तर पैसा नभएको कारण उनकी साथीले रक्षालाई रिचार्ज कार्ड दिइनन् । त्यस कारण रिचार्ज नपाएको र साथीहरुको सम्झाई बुझाईको कारण तनावमा गएर आत्महत्या गरेको हुन सक्ने अस्पताल प्रशासन पक्षको भनाई छ । घटना आत्महत्या वा हत्या भएको विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्