श्रीलंका बम विस्फोट अपडेट : मृत्यु हुनेहरुको संख्या १ सय ५ पुग्यो
श्रीलंका स्थित चर्च र होटलमा भएको आक्रमणमा परि मृत्यु हुनेहरुको संख्या १ सय ५ पुगेको छ । ‘इस्टर सनडे’ का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसी सिंहला सेवाका संवाददाता अज्जाम अमीनका अनुसार, यी धमाकामा कम्तीमा एक सय ५ जनाले ज्यान गुमाएका छन् भने झण्डै ३ सय घाइते भएका छन् । घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ ।
कोलम्बोको सेन्ट एन्टोनियो चर्चमा बम विस्फोट भएको हो । इस्टरको प्रार्थनाका लागि मानिसहरु एकत्रित भएको समयमा बम विस्फोट भएको हो ।
विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थलमा राहत र उद्धारको कार्य जारी छ । अहिलेसम्म यो घटनाको कसैले पनि जिम्मा लिएको छैन । इस्टर सन्डे इसाई धर्मावलम्बीहरुको प्रमुख पर्व हो ।