Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालको शौचालयमा नर्स रक्षा आले मृत फेला

सांकेतिक तस्बिर

काठमाडौँ :  जनकपुरमा एक निजी अस्पतालको शौचालयमा त्यहीँ कार्यरत नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनकपुरधाम ८ स्थित जानकी हेल्थकेयर एन्ड टिचिङ अस्पतालकी नर्स रक्षा आले झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए । आले सोही अस्पतालको आवासमा साथीहरुसँग मिलेर बस्ने गरेकी थिइन् । राती शौचालय गएको र त्यसपछि फर्केर नआएपछि प्रहरीलाई खबर आएको एसपी खनालले बताए ।

एसपी केसीले घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि थप अनुसन्धान भइरहेको बताए । उनले मृतकको शव परीक्षणका लागि अस्पताल लगिएको बताए ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्