भारतीय काँग्रेसकी प्रवक्ता प्रियङ्का चर्तुवेदीद्वारा पार्टी परित्याग
भारतीय काँग्रेसकी प्रवक्ता प्रियङ्का चर्तुवेदीले पार्टी परित्याग गरेकी छिन् । दुई दिनअघि मात्र उनले आफूमाथि दुर्व्यवहार गर्ने उत्तर प्रदेशका पार्टी कार्यकर्तालाई पार्टीमा पुनःस्थापित गरेकोमा आपत्ति जनाएकी थिइन् ।
केही महिना अघि प्रियङ्का मथुरा पुग्दा उनले त्यहाँबाट चुनाव लड्ने तयारी गरेको भन्दै केही पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए । त्यहाँबाट फर्केपछि उनले यसबारे पार्टी हाईकमाण्डमा उजुरी गरेकी थिइन् । उजुरीपछि ती कार्यकर्ता निलम्बित गरिएका थिए ।
तर, उत्तर प्रदेशका लागि काँग्रेसका महासचिव ज्यार्तिआदित्य स्किन्डियाले हस्तक्षेप गरेपछि उनीहरुलाई पुनःस्थापित गरिएको थियो । आगामी दिनमा यस्तो घटना नदोहोर्याउने प्रतिबद्धतासहित उनीलाई माफी दिएको थियो ।
बुधबार प्रियङ्काले पार्टीका लागि रगत र पसिना बगाउने भन्दा ‘गुण्डा’हरुले प्राथमिकता पाउन थालेको भन्दै ट्वीट गरेकी थिइन् । शुक्रबार ट्वीटर ह्याण्डलबाट पार्टी प्रवक्ता हटाउँदै पार्टी परित्याग गरिन् ।
यसबारे उनले थप कुनै प्रतिक्रिया दिन मानेकी छैनन् ।
I am absolutely overwhelmed and grateful with the love and support I have got across board from the nation in the past 3 days.
I consider myself blessed with this immense outpouring of support. Thank you to all who have been a part of this journey. pic.twitter.com/WhUYYlwHLj— Priyanka Chaturvedi (@priyankac19) April 19, 2019