Logo
२९ बैशाख २०८१, शनिबार
(April 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाइपमा ‘खतरा’ लेखेर राखिएको शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

गलकोट :  बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ ।

शिवधाराचोकस्थित होटल शीतलको पेटीमा १ मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो । उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

प्रकाशित मिति: Apr 18, 2019

प्रतिक्रिया दिनुहोस्