Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अज्ञात समूहद्वारा मकवानपुरमा २ गाडी जलाइयो

                                                                                                                                                                                         सांकेतिक तस्बिर

काठमाडौं :  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको २ स्थानमा गाडीमा आगजनी भएको छ ।

प्रदेश ३ का प्रहरी प्रमुख (डीआईजी) दिपक थापाका अनुसार थाहा नगरपालिका र भिमफेदी गाउँपालिकामा राती अज्ञात समूहले गाडीमा आगजनी गरिएको हो । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना २ च ९०९४ नम्बरको बसलाई अज्ञात समूहले बुधबार ११ः १५ बजे नै आगजनी गरेको डीआईजी थापाले जानकारी दिए ।

यस्तै भिमफेदी गाउँपालिका-९ मा तरकारी लोड गरेर राखेको तरकारी बोक्ने ना ४ ख ७९६० नम्बरको गाडीमा अज्ञात समूहले १२ः २० बजे आगजनी गरेको थापाको भनाई छ । डीआईजी थापाका अनुसार गाडीमा आगजनी गर्ने समूहको खोजी भइरहेको छ । बन्दको पूर्वसन्ध्यामा गाडीमा आगजनी भएपछि विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: Apr 18, 2019

प्रतिक्रिया दिनुहोस्