Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको आश्वासनपछि काममा फर्किए चिकित्सक

काठमाडौं : आन्दोलनरत सरकारी चिकित्सकको माग सम्बोधन गर्ने सरकारी आश्वासनपछि चिकित्सकहरु आजदेखि नियमित काममा फर्केका छन् । सरकारले माग सम्बोधनका लागि १५ दिनको समय माग गरेपछि त्यसमा सहमति जनाउँदै चिकित्सकहरु काममा फर्केका हुन् ।

चैत्र २२ गतेदेखि सरकारी चिकित्सकले कर्मचारी समायोजनमा चिकित्सकलाई संघ अन्तर्गत राख्नु पर्ने माग राख्दै देशभरको ओपीडी सेवा बहिष्कार गरेका थिए । ओेपीडी सेवा बहिष्कार गरेको ९ दिनपछि आजदेखि सेवा सुचारु गरिएको सरकारी चिकित्कस संघका उपाध्यक्ष डाक्टर नविन पोखरेलले जानकारी दिए ।

सरकारले माग सम्बोधनको लागि आश्वासन दिएको हुँदा काममा फर्किएको चिकित्सकहरुले जनाएका छन् । यदि सरकारले त्यसपछि पनि मागको सुनुवाइ नगरे पुनः आन्दोलनमा उत्रिने संघको तयारी छ ।

प्रकाशित मिति: Apr 14, 2019

प्रतिक्रिया दिनुहोस्