Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आठौँ राष्ट्रिय प्रतियोगिता : हक्कीमा प्रदेश ५ को लगातार तेस्रो जित

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष हक्की प्रतियोगितामा प्रदेश ५ ले लगातार तेस्रो जित हासिल गरेको छ । सुदूरपश्चिम प्रदेशलाई २-१ ले पछि पार्दै प्रदेश ५ ले तेस्रो पटक जित निकालेको हो । प्रदेश ५ का शशी दर्लामीले खेलको १४ औँ मिनेटमा र मनिष गुरुङले ३९ औँ मिनेटमा गोल गरे ।

दर्लामीले पेनाल्टी कर्नरलाई गोलमा परिणत गरेर आफ्नो टिमको खाता खोलेका थिए । सोही खेलमा सुदूरपश्चिम प्रदेशका भीमदत्त भट्टले खेलको ४८ औँ मिनेटमा गोल फर्काए । दुवै टिमका खेलाडी आक्रामक रुपमा फिल्डमा प्रस्तुत भएका थिए । खेलमा खेलाडी घाइते समेत भए। सुदूरपश्चिमका खेलाडीले राम्रो प्रदर्शन गरे पनि प्रदेश ५ ले एक गोल अन्तरले विजयी भएको मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । कर्णाली प्रदेश घर फिर्ता शनिवार बिहान भएको कर्णाली प्रदेश र प्रदेश १ बीचको खेल बराबरी भएको छ । यो खेलसँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको ५० औँ मिनेटमा कर्णाली प्रदेशका सुशान्त रावतले गोल गरेर खाता खोलेका थिए । खेलको ५४ औँ मिनेटमा प्रदेश १ का संजय राजवंशीले गोल फर्काएर खेललाई बराबरी बनाए।

प्रकाशित मिति: Apr 13, 2019

प्रतिक्रिया दिनुहोस्