Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश-५ मा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिले गर्ने

काठमाडौं : प्रदेश-५ मा हुने  ठौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ।

उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ । यस्तै, प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । सोही रङ्गशालामा वैशाख ११ गते साँझ आयोजित कार्यक्रममा समापन हुनेछ । यसअघि पूर्वाञ्चलमा आयोजना गरिएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । सोही समापन समारोहमा नवौँ राष्ट्रिय खेलकुदको मिति र स्थानसमेत घोषणा हुने राखेपले जनाएको छ ।

प्रतियोगिताका खेल भने यही चैत २७ गतेदेखि शुरु हुनेछन्। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) गरी ११ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्