Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वित्तिय साक्षरता कार्यक्रम जगाउँदै नेशनल माइक्रोफाइनान्स

काठमाडौं : राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले समूह अध्यक्षहरुको बार्षिक कार्यशाला गोष्ठि तथा वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विहिवार प्रदेश नं २ सिराहा जिल्लाको मिर्चैया नगरपालिका स्थित फुलवरिया शाखाले आफ्ना समूह अध्यक्षहरुको वार्षिक कार्यशाला गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाका विभागीय प्रमुख तथा प्रमुख अतिथी सिताराम पण्डितले संस्थाद्वारा प्रदान गर्दै आएका सेवाहरु, संस्थागत प्रगती, गोष्ठिको महत्व, समूह अध्यक्षको भूमिका तथा जिम्मेवारी, कर्जा तथा बचतको सदुपयोग, लघुबीमाको महत्वलगायतका विषयमा छलफल गरेका थिए । उनले समुह अध्यक्ष तथा अविभावकहरुबाट आएका गुनासो, समस्या, टिकाटिप्पणीहरुको जवाफ दिए ।

उनले सिप विकास तालिम कार्यक्रम संचालनले ग्राहकहरुलाई उद्यमसिल बन्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रथम, द्धितीय, तृतीय तथा सान्त्वना समूह अध्यक्षहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

देशका सातै प्रदेशमा ३७ जिल्लामा ५० वटा शाखा कार्यालयहरु रहेको संस्थाले ७० हजार भन्दा बढी विपन्न परिवारमा सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: Mar 31, 2019

प्रतिक्रिया दिनुहोस्