Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिमा अपरिपक्वता प्रर्दशन, सीके राउतको प्रवक्ता बने प्रधानमन्त्री : नेता महतो

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रर्दशन गरिरहेको दावी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले राजनीतिमा अपरिपक्वता प्रर्दशन गरिरहेको बताएका हुन् । उनले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझि दिन पनि सबैलाई आग्रह समेत गरे ।

नेता महतोले तत्कालीन माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर टीकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरीलगायतका राजनीतिक व्यक्तिहरुलाई जन्मकैदको सजाय दिइको उल्लेख गर्दै आपत्ति पनि जनाए ।

नेता महतोले झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टिकापुर घटनालाई पनि थरुहट आन्दोलनको रुपमा लिनुपर्ने पनि बताए । नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्