Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेरोजगारीको बिकराल रुप : तर सरकारले देख्दैन,विमानस्थलमा आँशु बगाउँदै युवा-युवतीको भिड

काठमाण्डौ : नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमा दैनिक हजारौं मानिसहरुको भिडभाड देखिन्छ । त्यो भिडभाड विदेशबाट आएका आफ्ना आफन्तहरु लिन गएकाहरु भन्दा रोजगारीका लागि विभिन्न मुलुक जानेहरुको भिडले भरिने गरेको छ ।

गत फागुन २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना १ बर्षे कार्यकालको प्रगती विवरणमा वैदेशीक रोजगारमिा जानेहरुको संख्य घटेको तथ्याङ सार्वजानिक गरेका थिए । तर त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल जाने हो भने प्रधानमनत्रीको उक्त तथ्याङलाई गिज्याइरहेका देखिन्छ ।

अहिले पनि हजारौ युवा-यूवतीहरु रोजगारीकै लागि विभिन्न खाडी मुलुक जानेहरुको संख्यमा १ नम्बरमै छ । सोमबार हामी यसै विषयमा रिपोटिङ गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थियौ । हामी पुग्दा त्यांहाको दृश्य सांच्चिकै दुखलाग्दो थियो । सयौ युवाहरु मुलुकको अवस्था देखेर वाक्क दिक्क भएर रोजगारीकै लागि विभिन्न खाडीमुलुक जानेहरुको भिड देखिन्थ्यो ।

हामीले पनि उनीहरुको वास्तविकता बारे केही व्यत्तिहरुसंग जान्ने प्रयास ग¥यौं, हामी पनि उनीहरुको जवाफले सांच्चै दुखित भयौं । उनीहरु भन्दै थियो मुलुकको राजनितिक अस्थिरताले बांच्नकै लागि सानो तिनो रोजगारी समेत नपाएपछि कसरी बस्न सकिन्छ र भन्ने गुनासो विदेश उँड्दै गरेका युवायुवतीहरुको छ ।

युवाहरु मात्र होइन रोजगारीकै लागि बिदेशीने युवातीहरुको संख्या पनि बाग्लै छ । मुलुकको राजनितिक अस्थिरताले जो कोहीलाई मुलुकप्रति माया हुदां हुदै बाध्य भएर विदेशीनु परीरहेका छन ।

हो,सांच्चै शब्दमा उर्तान नसक्ने पिडाहरु लिएर देनिक हजारौ युवाहरु विदेशीन बाध्य छन । सरकारले भने जस्तो र सार्वजानिक गरेको तथ्याङ जस्तो वास्तविकता छैन जनताको जिवनशैली । यस्तै हो भने वर्तमान सरकारले लिएको सम्बृद्ध नेपाल,सुखी नेपालीको नारा पुरा होला र ? प्रश्न गम्भिर छ ।

प्रकाशित मिति: Mar 19, 2019

प्रतिक्रिया दिनुहोस्