Logo
१५ बैशाख २०८१, शनिबार
(March 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिंसात्मक गतिबिधी गरेकाले विप्लवलाई प्रतिवन्ध गरेर सरकारले दायित्व पूरा गर्‍यो : उपेन्द्र यादव

विराटनगर : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले शान्ती सुरक्षा खलबलाउन खोज्ने विप्लव समूहलाई प्रतिवन्ध लगाएर सरकारले आफ्नो दायित्व पूरा गरेको बताएका छन् ।

विराटनगरमा आइतबार सञ्चारकर्मीसँग कुरागर्दै उनले विप्लव समूहले हिंसात्मक गतिबिधी गरेकाले सरकारले प्रतिबन्ध लगाएको प्रष्ट पार्दै यस विषयलाई गलत अर्थमा व्याख्या नगर्न आग्रह गरे ।

संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले जनताको जीउधनको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले कानून विपरीत हुने जुुनसुकै काम सरकारले निषेध गर्ने बताए ।

उनले सिके राउतसँग भएको सम्झौतालाई गलत अर्थ लगाउन खोजिएको समेत बताएका छन् । मुलुक विखण्डन गर्न खोज्ने समूहलाई मूलधारको राजनीतिमा ल्याएको भन्दै सरकार सफल भएको दावी गरे ।

उनले सिके राउतले पनि आफूले गरेको सम्झौतालाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । अर्को प्रसंगमा उनले आफ्नो पार्टीले सरकार छाड्ने कुरा हल्ला मात्र भएको बताए । उनले राजपासँग शक्ति निमार्णका लागि सहमति भएपनि सरकार भने नछाड्ने बताए ।

उनले राजपासँग शक्ति निमार्णका लागि सहमति भए पनि सरकार छाडने शर्त भने मान्य नहुने जानकारी बताए । राजपा प्रदेश २ को सरकारमा सहभागी भएको र अझै अघि पनि सरकारमा सहभागी हुने भएकाले सहमतिका लागि सरकारमा सहभागी हुने वा नहुने कुराको कुनै अर्थ नराख्ने उनले प्रष्ट्याए ।

प्रकाशित मिति: Mar 17, 2019

प्रतिक्रिया दिनुहोस्