Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमित अवधिको लागी मात्र : टुबोर्गले ल्यायो होलीको लिमिटेड एडिसन क्यान

काठमाडौं : होलीलाई लक्षित गर्दै टुबोर्ग बियरले हालै सिमित अवधिको लागी टुबोर्ग होली एडिसन क्यान बजारमा ल्याएको छ । यस सिमित अवधिको विशेष क्यानमा राखिएको निलो र मागेन्टा रङको डिजाईनले होलीको रमाईलो झल्काउँछ । रङहरुको चाडलाई ध्यानमा राख्दै क्यानमा राखिएका रङहरुको समिश्रणले टुबोगको हरियो रङमा चमक थपेको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर बईभब शर्माले भने, “टुबोर्गलाई आफ्नो अभिनव प्रस्तुतीको लागी चिनिन्छ र नयाँ होलीको क्यान यसकै एक उदाहरण हो । यस नयाँ सिमित अवधिको क्यानले टुबोर्गको होली पर्वसँगको रमाईलो सम्बन्ध झल्काउँछ ।” उनले थपे, “ग्राहकहरुले हाम्रो होली लिमिटेड एडिसन क्यानहरु मन पराउनेहुनेछ भनि हामी विश्वस्त छौ र हाम्रो सिमित अवधिका क्यानहरुमा नयाँ क्यान थप्न पाउदा गर्व गर्छौं ।”

टुवोर्गले होलीको कार्यक्रमहरु देशभरिका शहरहरुमा मनाउँदैछ । काठमाडौ, ललितपुर, भक्तपुर, धुलिखेल, किर्तिपुर, किर्तिपुर, भैरहवा, बिराटनगर, बिर्तामोड, बुटवल, दाङ, धनगढी, धुलिखेल, नेपालगञ्ज, पोखरा, नारायणघाट, धरान, ईटहरी, हेटौडा तथा अरु शहरहरुमा होली कार्यक्रम गर्ने टुबोर्गले जनाएको छ ।

टुबोर्गले सामाजिक सञ्जालहरुमा दुईवटा प्रतियोगिता आयोजना गरेको छ । फेसबुकमा गरिएको प्रोफाईल पिक्चर फ्रेम कन्टेस्ट एक हो जसमा, प्रतियोगीहरुलाई देशभरका कार्यक्रमहरुको निःशुल्क टिकट प्रदान गरिन्छ । होलीको वातावरणलाई अझै जिवन्त बनाउन प्रोफाईल पिक्चर फ्रेम तयार गरिएको छ ।

 

प्रकाशित मिति: Mar 15, 2019

प्रतिक्रिया दिनुहोस्