Logo
१५ बैशाख २०८१, शनिबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब भारत र अमेरिकाका राजदूतलाई मन्त्री सो सरहको सेवा, सुविधा र मान्यता दिने

काठमाडौं : सरकारले भारत र अमेरिकास्थित नेपाली राजदूतहरुलाई मन्त्री सो सरहको मान्यता दिएको छ । सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले आज सरकारका निणयहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

बैठकले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीलाई मन्त्री सो सरहको सेवा, सुविधा र मान्यता दिने निर्णय गरेको हो । बैठकले विदेशस्थित नेपाली नियोगहरुमा सरुवा भई जाने नियोग प्रमुख तथा अधिकृत सरहका कर्मचारीहरुले आफुसित लैजाने कर्मचारीहरुलाई आफ्नो कार्यकाल समाप्त भएसँगै नेपाल फिर्त ल्याउनुपर्ने निर्णय गरेको छ ।

त्यस्तै,बैठकले कर्मचारीसँग भएको राहदानी समेत राहदानी विभागमा बुझाउने करारनामा गर्नेगरी साधारण राहदानीको सट्टा विशेष राहदानी उपलव्ध गराउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्