Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब विप्लवलाई प्रत्यक्ष-अप्रत्यक्ष सघाउनेलाई पनि कारबाही

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने भएको छ ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै यस्तो निर्णय गरेको जानकारी गराएका हुन् । 

त्यस्तै, अवैद्य हतियार राख्नेलाई ३५ दिनभित्र बुझाउन सुचना प्रकाशन गर्ने र गैरकानुनी रुपमा हतियार राखेको पाइए पनि बुझाउनेलाई भने कारबाही नहुने निर्णय भएको सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषदले ललितपुरको खुमलटारस्थित रेडियो नेपालको १४२ रोपनी जग्गा दुरसञ्चार प्राधिकरणलाई दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्