Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक अभावका कारण उपचारमा कठिनाई, मृगौला र क्यान्सरपीडित दाजु भाईले गरे सहयोगको अपिल

काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको तौथली ५ का मृगौलापीडित ३८ वर्षीय गोपाल श्रेष्ठ र क्यान्सर पीडित २५ वर्षीय कैलाश श्रेष्ठको उपचारमा आर्थिक अभाव भएको छ ।

दुवै मृगौलाले काम गर्न छाडेका गोपालको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ भने क्यान्सर पीडित कैलाशको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था दयनीय भएकोले श्रेष्ठ दाजुभाईले सहयोगका लागि अपिल गरेका छन् ।

मनकारी दाजुभाईहरुले गोपाल श्रेष्ठको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ३७०७०१०००७४३२ मा रकम जम्मा गरिदिनु अनुरोध गर्दछ । ९८४९६६६२७८ र ९८५१११९३१६ यी दुई वटा नम्बरमा सिधा सम्पर्क पनि गर्न सकिन्छ ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्