Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रङ्गशाला निर्माण : धुर्मुस सुन्तलीले गरे आर्थिक सहयोगको घोषणा

काठमाडौं : चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् ।

बिहिवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमाउक्त सहयोगको घोषणा गरेकाहुन् । सुबिहानीको जन्मउत्सवको अवसरमाधुर्मुस सुन्तलीले कुनै बिशेष कार्यक्रमको आयोजनानगरी रङ्गशालानिर्माणलाई सहयोग गरेकाहुन् ।

‘हाम्रीप्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधिन रङ्गशालाका लागी सहयोग गर्न चाहान्छौं’ उनले लेखेका छन् ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

धुर्मुस सुन्तली छोरी जन्मिएको ८ महिना पछिनै निरन्तर सामाजिक काममा अघि बढेका धुर्मुस सुन्तले आफ्नी छोरीसंग धेरै समय बिताउनपाएका छैनन् । तर यसपालिको छोरीको जन्मदिनमा भने पुरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ । रङ्गशालाको बिशेष कामले चितवन पुगेका धुर्मुस सुन्तली बुधबार बेलुकी मात्र काठमाण्डौं फर्किएका छन् ।

अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को फिल्डको काम भईरहेको छ । केही समयमै रङ्गशालाको डिपिआर र डिजाईनको काम सम्पन्न हुने धुर्मुस सुन्तली बताउछन् ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्