Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले आफूनिकटका नेताहरुलाई बोलाए आफ्नै निवास

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा रणनीति बनाउन आफूनिकट नेताहरुलाई बुढानिलकण्ठ बोलाएका छन् ।

देउवाले अनुशासन समिति र निर्वाचन समिति र नेतृत्वविहीन नेविसंघलगायतका बारेमा आफ्नो धारणा तय गर्न बैठक बोलाएका हुन् । पार्टी उपसभापति विमलेन्द्रका अनुसार बैठक दिउँसो तीन बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ । उनले छलफलको विषयबारे आफूलाई जानकारी नभएको बताए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्लो समय नेताहरुको भेला चरिहरेको भन्दै देउवाले बोलाएको बैठक पनि त्यसैको निरन्तरता भएको बताए ।

देउवा पक्षले फागुन १४ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा अनुशासन समिति गठनको तयारी थालिएको थियो । जसमा अनुशासन समितिको संयोजकमा भिष्मराज आङदाम्बेले सदस्य किशोरसिंह राठौर र देवेन्द्रराज कँडेललाई देउवाले प्रस्ताव गरेका थिए । ५ सदस्यीय समितिमा पौडेल र सिटौलालाई एक एक जना नाम दिन देउवाले भनेका थिए । उक्त प्रस्ताव वरिष्ठ नेता राचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षको विरोधका कारण रोकिएको थियो ।

उनीहहरुले बहुमतका आधारमा निर्णय गर्दै जाँदा पार्टीभित्र राम्रो नजिर नबस्ने भन्दै समितिको बैठक बहिस्कारको चेतावनी दिएका थिए । सल्लाह र सहमतिको साटो जबरजस्ती पेलेरै समिति बनाउन खोजेको भन्दै इतरपक्ष बैठक हलमा नै प्रवेश गरेका थिएनन् । अनुशासन र निर्वाचन समिति निष्पक्ष र अर्धन्यायिक निकाय भएकाले सर्वस्वीकृतिमा गठन हुनुपर्ने उनीहरूको माग छ ।

सभापति देउवाले समिति गठन गर्ने प्रयोजनका लागि चैत ४ गते केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् । त्यसबीचमा देउवाले विभिन्न चरणमा इतरपक्षका नेताहरुसँग छलफल गर्दै आएका छन् । यद्यपि सहमित हुन सकेको छैन । त्यसकारण देउवाले आफूनिकटका नेताहरुको छलफल गरेर असरी अगाडि बढ्ने भन्ने रणनीति तयार गर्दैछन् ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्