Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्शन ग्रोवर आज नेपाल आउँदै

हलिउड , बलिउड र कलिउडसम्मका कलाकारहरुको अभिनय रहेको फिल्म ‘द म्यान फ्रम काठमाण्डु’ चैत्र १ गतेबाट अल नेपाल रिलिज हुँदैछ । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका नकिम उद्दिनले निर्माण गरेको यो फिल्म अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण गरिएको छ ।

नेपाली सिनेमा क्षेत्रमा एउटा नयाँ प्रयोग गरिएको ‘द म्यान फ्रम काठमाण्डु’ मा जेरी फेम नायिका आना शर्मा ,अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड कलाकार गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, परमिता राणा ,आमिर गौतम लगायतको अभिनय रहेको छ ।

जुन फिल्मको फागुन ३० गते अर्थात भोली भव्य प्रिमियर हुँदैछ । जसको लागि बलिउड कलाकार गुल्सन ग्रोवर पनि नेपाल आउने भएका छन् । उनी फिल्मको प्रिमियर शोमा भाग लिनको लागि आज उनी नेपाल टेक्दैछन् । फिल्ममा बलिउडका यी चर्चित कलाकार भएको कारणले पनि यसको चर्चा चुलिएको थियो । फिल्म निर्माणको समय गुल्सन ग्रोवरले नेपाली पहिरन लगाएका तस्बिरहरु पनि निकै भाईरल भएका थिए । प्रिमियरमा गुल्सन ग्रोवरलाई साथ दिन चर्चित बलिउड नायिका मनिषा कोइरालाको पनि उपस्थिती हुने बताईएको छ ।

बलिउडमा थुप्रै फिल्ममा एकसाथ काम गरेका उनीहरु एक अर्काका मिल्ने साथी पनि हुन् । यता फिल्म रिलिजलाई लिएर निर्माता नखिम उद्दिन निकै खुसी छन् । नेपाली कथा अन्तराष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफु उत्साहित रहेको उनी बताउँछन् । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा उठान गरेको छ । जसलाई पेमा धोन्डुपले निर्देशन गरेका छन् ।

प्रकाशित मिति: Mar 13, 2019

प्रतिक्रिया दिनुहोस्