Logo
१५ बैशाख २०८१, शनिबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्यको सलामीबीच ३ छोरीले एक साथ दिए भरतमोहनलाई दागबत्ति (फोटोमा हेर्नुहोस्)

काठमाडौँ : पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए ।

अधिकारीलाई आइतबार आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको घाटमा अन्त्येष्टि गरिएको हो ।

अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका थिए । अधिकारीको अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

अर्थमन्त्री डा युवराज खतिवडा नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्वीरः रोशन सापकोटा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्व.भरतमोहन अधिकारीलाई आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मान दिँदै सशस्त्र प्रहरी बलको एक टुकडी । तस्बिर : प्रदीपराज वन्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्व.भरतमोहन अधिकारीलाई आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मान दिँदै सशस्त्र प्रहरी बलको एक टुकडी लगायत नेता तथा कार्यकर्ता । तस्बिर : प्रदीपराज वन्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्व.भरतमोहन अधिकारीलाई आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मान दिँदै सशस्त्र प्रहरी बलको एक टुकडी लगायत नेता तथा कार्यकर्ता । तस्बिर : प्रदीपराज वन्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाउँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : प्रदीपराज वन्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पशुपति आर्यघाटमा दागबत्ती दिँदै तीन छोरी । तस्बिर : प्रदीपराज वन्त
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा शद्धाञ्जलि अर्पण गर्दै । तस्वीर : रोशन सापकोटा
नेकपा नेता बामदेव गौतम नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलि अर्पण गर्दै । तस्वीरः रोशन सापकोटा,रासस
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलि अर्पणपछि पार्टीको झण्डा ओढाउँदै । तस्वीर: रोशन सापकोटा
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै । तस्वीर : रोशन सापकोटा
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल …प्रचण्ड’ नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै । तस्वीर : रोशन सापकोटा
खानेपानी तथा सरसफाइमन्त्री बिना मगर नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै । तस्वीरः रोशन सापकोटा,रासस
अर्थमन्त्री डा युवराज खतिवडा नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्वीरः रोशन सापकोटा

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्