Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अलविदा रविन्द्र : हजारौंको मानवसागरबीच जेठो छोरा विराजले दिए दागबत्ती (फोटोफिचर)

हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रंसाद अधिकारीको पार्थिव श्ररिमा पोखराको सेती नदी किनारस्थित रामघाटमा जल अर्पण गर्दै उहाँका छोराद्वय विराज र स्वराज । तस्वीरः वासुदेव पौडेल, पोखरा

हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ५ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ । अधिकारीको गृहनगर पोखरामा र पाँच जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

मन्त्री अधिकारीलाई जेठो छोरा विराज अधिकारीले दागबत्ती दिएका हुन । मन्त्रीको अन्तिम संस्कार राजकीय सम्‍मानका साथ गरिएको थियो । मन्त्री अधिकारीको शवयात्रा झण्डै ३ किलो मिटर नयाबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट पुर्‍याइएको थियो ।

उनको शव यात्रामा सर्वसाधारणदेखि नेता कार्यकर्ता, शुभेच्छुकहरु लामबद्ध रुपमा शव यात्रामा सहभागी भएका थिए भने नेपालको राष्ट्रिय झण्डा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङले थार्थिव शरीरमा ओढाएर सम्‍मान व्‍यक्त गरेका थिए।

हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको पार्थिव शरीरमा पोखराको सेती नदी किनारस्थित रामघाटमा जल अर्पण गर्दै उहाँकी ७नतसीमती विद्या अधिकारी । तस्वीरः वासुदेव पौडेल, पोखरा

७ दिनमै सकिने काजकिरिया

मन्त्री अधिकारीको काजकिरिया ७ दिनमा सक्ने पारिवारिक स्रोतले जानकारी दिएको छ । पोखरास्थित मालेपाटनको जनप्रिय टोलस्थित निवासमा मन्त्री अधिकारीको काजकिरिया गरिने उनका साथी धनराज आचार्यले जानकारी दिएका छन् । श्रद्धाञ्‍जलि सभामा बोल्‍दै मन्त्री अधिकारीका बाल्‍यकालका समेत साथी रहेका आचार्यले अधिकारीको काजकिरिया ७ दिनमा सक्ने बताएका थिए।

उनले भने, ‘मन्त्री अधिकारीकी धर्मपत्नी विद्या, बुबा आमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको हो।’आचार्यका अनुसार मन्त्री अधिकारीको काजकिरिया फागुन २१ गते सम्पन्‍न हुनेछ । नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका कर्मचारी ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सात जनामध्ये पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको आइतबार बौद्ध परम्पराअनुसार टेकु घाटमा अन्त्येष्टि गर्ने परिवारले जनाएको छ । शुक्रबार मन्त्री अधिकारीसहित सातैजनाको शव श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिएको थियो । टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, विभिन्न दलका नेता, सर्वसाधारणले समेत श्रद्धाञ्जली दिएका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीको शवमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

टुँडिखेलको श्रद्धाञ्जलीपछि ५ जनाको शव पशुपति आर्यघाट लगिएको थियो भने मन्त्री अधिकारीको शव भने गृहनगर पोखरा लगिएको थियो । पोखरामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएका थिए । त्यस्तै नेकपा नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका थिए । श्रद्धाञ्जली कार्यक्रममा सयौं सर्वसाधारण सहभागी भएका थिए । पोखराको प्रदर्शनी स्थलमा श्रद्धाञ्जलीपछि रामघाटमा अधिकारीको अन्त्येष्टि गरिएको थियो ।

हेर्नुहोस् तस्वीरहरु : 

हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको पोखरा प्रदर्शनी केन्द्र आयोजित श्रद्धाञ्जली पश्चात पोखरामा गरिएको शवयात्रामा उर्लिएको मानवसागर । तस्वीरः हरि बाँस्तोला, पोखरा
हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको पोखरा प्रदर्शनी केन्द्र आयोजित श्रद्धाञ्जली पश्चात पोखरामा गरिएको शवयात्रामा उर्लिएको मानवसागर । तस्वीरः हरि बाँस्तोला, पोखरा
संस्कृती, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्›प्रसाद अधिकारीको सुक्रबार पोखराको सेती नदी किनारमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिँदै । तस्वीर : भीमपाणि बराल, लेखनाथ
संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री स्व. रवीन्›प्रसाद अधिकारीलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि पोखरा प्रदर्शनी केन्द्रमा उपस्थित सर्वसाधारण । तस्वीर : भीमपाणि बराल, लेखनाथ
संस्कृती, पर्यटन तथा नागरिक उडडयनमन्त्री स्व. रवीन्द्रप्रसाद अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिपछि अन्त्येष्टिका लागि पोखराको सेती नदी किनारतर्फ लगिँदै । तस्वीर : भीमपाणि बराल


प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्