Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भावविह्वल टुँडिखेल : आफन्तजनको रोदनले वातावरण थप भावुक (फोटोफिचर)

काठमाडौं : पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित बुधवार हेलिकोप्टर दुर्घटनामा परि निधन भएका सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगे ।

टुँडिखेलमा पुगेका सबै शोकमा त थिए नै आफन्तजनको रोदनले वातावरण थप भावुक बन्यो । आफैं भावविह्वल बनेकाहरुले शोकाकुल परिवारका सदस्यलाई सम्हाल्न हम्मेहम्मे परेको थियो । बिहीबार शवहरुको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । हिजै दिवंगतलाई अन्तिम श्रद्धाञ्जली दिने भनिए पनि पोस्टमार्टममा भएको ढिलाइले आज गरिएको हो ।

मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन बिहानैदेखि सर्वसाधारण टुँडिखेलमा भेला भएका छन् । श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत सर्वसाधारणहरु पनि उल्लेख्य उपस्थिति छ ।

बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा उदयीमान नेता अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुव भोछिभया, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको निधन भएको थियो ।

हेर्नुस् तस्विरहरु :

प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रसाद अधिकारी पार्थिक शरिरमा श्रद्धाञ्जली व्यक्त गरी राष्ट्रिय झण्डा ओढाउदै । तस्बिर : रोशन सापकोटा, रासस
राष्ट्रिपति विद्यादेवी भण्डारी ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रसाद अधिकारी पार्थिक शरिरमा श्रद्धाञ्जली दिदै । तस्बिर: रोशन सापकोटा
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रसाद अधिकारी पार्थिक शरिरमा श्रद्धाञ्जली व्यक्त गरी पार्टीको झण्डा ओढाउदै । तस्बिर: रोशन सापकोटा
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रसाद अधिकारी पार्थिक शरिरमा श्रद्धाञ्जली व्यक्त गरी पार्टीको झण्डा ओढाउदै । तस्बिर: रोशन सापकोटा

प्रदेश नम्बर १का मुख्यान्त्री शेरधन राई ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिर: रोशन सापकोटा

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गर्दै सर्वसाधारण । तस्बिरः रोशन सापकोटा
ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा ७नतसद्धाञ्जलि अर्पण गर्दै सर्वसाधारण । तस्बिर : रोशन सापकोटा, 
ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गर्दै सर्वसाधारण । तस्बिरः रोशन सापकोटा
फोटोफिचर प्रदेश नम्बर ५का मुख्यान्त्री शंकर पोखरेल ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिर: रोशन सापकोटा

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्