Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लुट्न सके लुट कान्छा’ गीत माथि सरकारका प्रवक्ताले भने, ‘प्रतिबन्धबारे मलाई थाहा छैन’

काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ माथि सरकारले प्रतिबन्ध लगाएकोप्रति आफूलाई जानकारी नरहेको बताएका छन् ।

उनले भने, ‘ को पशुपति शर्मारु म चिन्दिन । तपाईले आफैं सोध्‍नुस् न बरु ।’ उनले आफूले कुनै पनि लोक दोहोरी गायकलाई नचिनेको भन्‍दै यसबारेमा प्रश्‍न नगर्न अनुरोध गरे।

‘लुट्न सके लुट् कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहीबार आफ्नै आधिकारिक युट्यूब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरेपछि एकाएक चर्चामा आएको थियो।

देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतिले गीतमा निकै मार्मिक ढंगले समेटेका थिए । पशुपति शर्माका प्राय गीत जनचेतनामूलक र व्‍यंग्यात्मक हु्न्छन् । उनले यो गीतमार्फत पनि सरकारलाई गतिलो झटारो प्रहार गरेका थिए ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्