Logo
१५ बैशाख २०८१, शनिबार
(February 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतवीचको भन्सार पारवहनलाई सहजीकरण : हट्यो कागजी झन्झट, ECTS लागू

काठमाडौं : भारत सरकारको अप्रत्यक्ष कर तथा भन्सार केन्द्रीय बोर्डले कोलकता-हल्दिया बन्दरगाहबाट नेपालतर्फ आउने मालबाहक कन्टेनरका लागि ‘इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ् प्रणाली’ (इसीटिएस) लागू गरेको छ ।

भारतीय दूतावासका अनुसार यस प्रणालीले कन्टेनर ढुवानीलाई थप सहज बनाउनेछ । कोलकाता/हल्दियाबाट रक्सौल हुँदै विरगञ्ज तथा बथानाहा हुँदै बिराटनगर आउने रेलमार्गमा पनि यो प्रणाली लागू गरिएको छ ।

यसअघि अगस्त २०१८ मा भिसखापटनम बन्दरगाहबाट नेपाल तर्फ आउने कन्टेनरमा पनि यस्तै सुविधा लागू गरिएको थियो। दुई देशवीचको भन्सार पारवहनलाई सहजीकरण तथा स्वचालित पद्धतिबाट सञ्चालन गर्ने तर्फ यो एक महत्वपुर्ण कदम हो ।

यस कदमले नेपालकोव्यापारका लागि पारवहन सुविधालाई थप सुधार गर्ने भारत सरकारको प्रतिबद्धतालाई नयाँ शक्ति प्रदान गरेको छ । यस नयाँ प्रणालीको प्रारम्भसँगै नेपाली व्यापारीहरुले झेल्दै आएको कागजी झन्झट हटेको छ ।

इसीटिएस अन्तर्गत विशेष ट्र्याकिङ् प्रणाली जडित विद्युतीय सिल प्रयोग गरि कन्टेनरलाई सिल सकिन्छ ।काठमाडौं स्थित रहेको भारतीय दूतावासले जारी गरेको बिज्ञप्तीमा जनाए अनुसार यस प्रणालीले सुरक्षित ढुवानी, सरल सीमा प्रक्रिया, कम समय तथा कारोबार शुल्क तथा पारदर्शी ढुवानीको सुनिश्चितता प्रदान गर्ने भएकाले यस नयाँ प्रणालीबाट नेपाली व्यापारीहरु पर्याप्त मात्रामा लाभान्वित हुनेछन्।

यसको विस्तृत जानकारीका लागि कोलकाता भन्सार (बन्दरगाह) आयुक्तद्वारा जारी सार्वजनिक सूचना भारतीय राजदूतावास काठमाडौंको वेबसाइटको लिंक http.//www.indembkathmandu.gov.in/news_detail/?newsid=99
मा हेर्न सकिनेछ ।

प्रकाशित मिति: Feb 16, 2019

प्रतिक्रिया दिनुहोस्