Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला पन्तकाे हत्या अनुसन्धान फेरि प्रभावित हुने आशंका : एसपी कडायतको काज सरुवा

काठमाडौं : प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । एसपीबाट वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएपछि रिक्त रहेको ठाउँमा काज सरुवा गरिएको हो । काज सरुवामा कञ्चनपुरका एसपी कुवेर कडायत पनि रहेका छन् । उनलाई पहरा गण, सामाखुसी पठाइएको छ ।

कडायतको सरुवासँगै बहुचर्चित निर्मला हत्या प्रकरणको अनुसन्धान पनि प्रभावित हुने देखिएको छ । कञ्चनपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत दिनेशकुमार आचार्यलाई पठाइएको छ । सरुवा अनुसार, प्रहरी प्रधान कार्यालयमा कार्यरत एसपी हरि शर्मा पोखरेललाई बागलुङ जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एसपी दिनेशराज मैनालीलाई झापा प्रहरी प्रमुखका रुपमा सरुवा गरिएको छ । विशेष व्यूरोका एसपी दीपकराज खरेललाई सशस्त्र प्रहरी गण नं. १ मा पठाइएको छ । दंगा नियन्त्रण प्रहरी गण, हेटौंडामा कार्यरत मुकेशकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ ।

अपराध अनुसन्धान विभागका एसपी ध्रुवराज राउतलाई दंगा नियन्त्रण प्रहरी गण हेटौंडा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका एसपी केदार ढकाललाई महानगरीय अपराध महाशाखा, टेकु, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एसपी भूपेन्द्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी दीपक रेग्मीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, अपराध अनुसन्धान विभागमा कार्यरत एसपी योगबहादुर पाललाई क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, बारा, अपराध अनुसन्धान विद्यालयका एसपी गोपालचन्द्र भट्टराईलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्