Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत १० देखि SEE परीक्षा : १ हजार ९६१ परीक्षा केन्द्र र ६२ वटा परीक्षण केन्द्र कायम

काठमाडौं : आगामी १० चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि १ हजार ९६१ परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उत्तरपुस्तिका परीक्षणका लागि करिब ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने जनाएको छ ।

यस वर्ष प्रदेशगत रूपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी थालिएको मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए ।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईई अर्थात् कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा परीक्षाको तयारीका सन्दर्भमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्दर्भमा जानकारी लिएका थिए ।

परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने बताउँदै मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विशेष ध्यान दिनुपर्ने बताए । वैठकमा प्रश्नपत्र छपाइ कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो ।

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्