Logo
१५ बैशाख २०८१, शनिबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरस्वतीको मुर्ती सेलाउन जादा २९ विद्यार्थीको मृत्यु, अधिकांश १० वर्ष मुनिका बालबालिका

सरस्वती पुजा मनाएर मुर्ती सेलाउन लाने क्रममा स्कूल बस दुर्घटनाग्रस्त हुँदा अधिकांश केटाकेटी सहित कम्तीमा २९ जनाको ज्यान गएको बताइएको छ।

ज्यान गुमाउनेहरुमध्ये अधिकांश १० वर्ष मुनिका बालबालिकाहरु भएका बताइएको छ। सरस्वती पुजाको मुर्ती सेलाउन जाने क्रममा स्कुल बस दुर्घटना भएको थियो ।

भारत उत्तरी राज्य हिमांचल प्रदेशमा एउटा स्कूल बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। ‌

काँगडा जिल्लाको नुरपुर सथित वजीर रामसिंह पठनीय मेमोरियल स्कुलका झण्डै ४० जना विद्यार्थीहरुलिएर गैरहेको बस दुर्घटनाग्रस्त भएको थियो।

एएफपी समाचार संस्थासंग कुरा गर्दै एक स्थानीय प्रहरी अधिकारीले भने, “उक्त स्कूल बस सडकबाट झण्डै २०० फिट तल गहिरो खोंचमा खस्दा २७ जना ‌विद्यार्थी, दुईजना शिक्षक तथा बस चालकको पनि ज्यान गयो।’

उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेको जनाइएको छ। अधिकारीहरुले सो दुर्घटनाको कारण पत्ता लगाउन आदेश दिएका छन्।

 

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्