Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसीको चाहनाअनुसार संविधान संशोधनको तयारी, सिरहालाई आँप जोन बनाइने प्रचण्डको आश्वासन

सिराहा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी समुदायको चाहनाअनुसार संविधान संशोधनको लागि आफुले लगातार पहल गरिरहेको बताएका छन् । संविधान संशोधनका लागि मधेसकेन्द्रित दलसँग गरेको प्रतिवद्धताअनुसार पहल भइरहेको पनि उनले जानकारी गराए ।

उनले सिरहालाई आँप जोनको रुपमा विकास गर्न पहल गर्ने पनि आश्वासन दिए । त्यस्तै धानखेतीका लागि सुपरजोन बनाउने प्रतिवद्धता पनि जनाए । पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागिपरेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

सिरहाको अर्नमा गाउँपालिका महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन गर्दै उनले संविधान संशोधनको पहल भइरहेको बताएका हुन् । मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न पनि उनले आग्रह गरे । ‘नेकपाले मधेसमा पूर्वाधार निर्माणको प्याकेज अगाडि सारेको छ’ उनले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’

सिञ्चाई र खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सम्बन्धित मन्त्रालयमा कुरा राखेको प्रचण्डले आश्वासन दिए । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’ उनले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहने छ ।’

 

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्