Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वरस्वती पुजामा डिजे बजाएर प्रहरीले नाच्न नदिएपछि प्रदेश २ मा विवाद, विद्यार्थी आन्दोलित

जनकपुरधाम : स्वरस्वती पुजामा डिजे बजाएर नाच्न नदिएपछि प्रदेश नम्बर २ स्थित धनुषाको मिथिलाविहारी नगरपालिकामा स्थानीय युवा, विद्यार्थी र प्रहरीबीच विवाद भएको छ ।

मिथिलाविहारी नगरपालिका-७ स्थित तारापट्टी बजारमा नगरपालिकाबाट नाचगान गर्ने अनुमति लिएको भएपनि गएराति प्रहरीले नाच्न नदिएको र आज विहानै नाच्न दिन प्रहरीलाई अनुरोध गर्दा उल्टै विद्यार्थीमाथि कुटपिट गरेको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।

विद्यार्थीलाई कुटपिट गरेको विरोधमा विहानैदेखि विद्यार्थीहरु तारापट्टी बजारमा चक्का जाम गरी टायर बालेर प्रदर्शन गर्दै छन् । उनीहरुले कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गरेका छन् ।

‘नगरपालिकाबाट नाचगान गर्ने अनुमती लिएका थियौँ तर प्रहरीले जर्बजस्ती हामीलाई रोके, आज विहानै नाच्न दिनुस भन्दै आग्रह गर्दा प्रहरीले कुटपिट गरे,’ स्थानीय उमेश साहले भने ।

यता प्रहरीले भने आफुहरु राति १२ बजेपछि डिजे बजाउन नदिएको निहुमा उनीहरुले विवाद खडा गरेको जनाएको छ । विद्यार्थीलाई कुटपिट गरेको कुरामा समेत कुनै सत्यता नरहेको इलाका प्रहरी कार्यालय तारापट्टीका इन्चार्ज प्रहरी नायव निरिक्षक रामबाबु यादवले दावी गरे ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्