Logo
१५ बैशाख २०८१, शनिबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहुँचकै भरमा जुनियर प्रहरीको बढुवा, आइजिपी खनालप्रति अधिकांश प्रहरी अधिकृतको असन्तुष्टि

काठमाडौं : प्रहरी प्रधान कार्यालयले शनिबार साँझ २६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा र १४ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्‍यो । बढुवा प्रक्रियामा व्यावसायिक प्रहरी अधिकारीलाई बढुवा गर्नुको साटो शक्तिकेन्द्रनिकट रहेर काम गर्नेहरू बढुवामा परेपछि एसपी नरेन्द्र उप्रेतीले राजीनामै दिएका छन् ।

पहुँचकै भरमा जुनियर प्रहरी अधिकृत बढुवा हुने र रोलक्रममा समेत अग्रपंक्तिमा पर्न थालेपछि प्रहरी महानिरीक्षक (आइजिपी) सवेन्द्र खनालप्रति प्रहरी अधिकारीको असन्तुष्टि बढेको छ । शनिबार साँझ प्रहरी प्रधान कार्यालयमा गृह सचिव प्रेम राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालससहित बसेको बढुवा समितिले बढुवा गर्ने निर्णय गरेको थियो ।

एसएसपी बढुवामा गृह मन्त्रालयका सचिव प्रेम राईनिकट मानिएका टेकप्रसाद राई ९ नम्बरबाट दोस्रो नम्बरमा बढुवा हुँदा डिएसपीबाट एसपीमा बढुवाको पाँच नम्बरमा बढुवा भएका नरेन्द्र उप्रेती बढुवामै नअटाइएका हुन् । यसरी डिएसपीबाट एसपी बढुवामा समेत ठूलो चलखेल भएको प्रहरी स्रोतको भनाइ छ । जुनियर ब्याचबाट एसपी बढुवामा रमेश थापा पर्दा पहिलो नम्बरमा बढुवा भएका भूमनेस्वर तिवारी र दोस्रो नम्बरमा रहेका रिसिराम कँडेल भने बढुवामै परेनन् ।

शक्तिकेन्द्रनिकट रहेर काम गर्ने बढुवा हुने र व्यावसायिक प्रहरी अधिकृतले अवसरै नपाउने पुरानै रोग भएको पूर्वप्रहरी अधिकारीहरूको भनाइ छ । एसपीबाट एसएसपीमा बढुवा हुनेहरूमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम ढकाल रहेका छन् ।

त्यस्तै, डिएसपीबाट एसपीमा बढुवा हुनेहरूमा रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, बिनोद सिलवाल, भीम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, विमल कडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम राणा, श्याम महतो, कृष्ण पङेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी, वीर बुढा रहेका छन्।

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्