Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमाथी अभिनेत्री रेखाको आक्रोश : सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्ट

काठमाडौं : बेलाबेलामा चर्चामा आइरहने चर्चित अभिनेत्री रेखा थापाले सरकार विरुद्ध कडा प्रतिकृया दिएकी छिन । सरकारले पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न थालेको छ । धेरै समय अगाडि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने प्रावधानको कार्यान्वयनमा सरकार उत्रेको हो ।

सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने व्यवस्था छ । अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरकारले राजश्व उठाउने नाममा गरिब जनताको पेटमा लात हानेब्याख्या गर्न थालेका छन । यसैं सन्दर्भमा नायिका थापाले पनि आफ्नो प्रतिकृया जनाएकी छिन । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै सरकारी कदमको विरोध जनाएकी हुन ।

जस्ताको त्यस्तै उनको स्टाटस

दुबई, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकि छु । जब वर्षौ पछी घर फर्किने सुखद दीन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो ।

दुइवटा फोन ,एइटा टि.भी वा त्यस्तै अरु सामान, निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला ? तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ ?  सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको कहानी जनताले थाहा पाएका छन ।

यिनै मजदुर बेचि खाने दलाल, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनिहरुको कमाइको नासो किन खोस्दैछ सरकार ? के परिवारको लागि चिनो ल्याउनु अपराध हो ? मेरो बिचारमा यो श्रमिक माथि शोषण र अत्याचार हो । जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ ।

हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको अपमान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने म एल्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु । आफु अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ?

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्