Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युनिभर्सल पावर कम्पनीको आइपिओ बिक्री खुला, ५० लाख कित्तासम्म आवेदन दिन सकिने

युनिभर्सल पावर कम्पनीको सेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावितलाई पहिलो चरणमा बिक्री खुला गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो । पहिलो चरणमा नबिकेको १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत गरी कम्पनीले ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

सर्वसाधारणले न्युनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । जम्मा २ करोड १० लाख ३ हजार ५ सय कित्ता सेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि २१ लाख ३५० कित्ता सेयर निष्काशन खुला गरेको थियो ।

अहिले निष्काशन भएको सेयर मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता सेयर कर्मचारीका लागि, ४ लाख ६६ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानीकोषका लागि छुट्याइएको छ । यस सेयरका लागि सि-आस्वा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ । यस सेयरका लागि माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि यस समयसम्म पर्याप्त आवेदन नपरेको अवस्थामा भने फागुन २६ गतेसम्मको समय थप हुनेछ ।

युनिभर्सलले दोलाखा जिल्लामा ११ मेगमवाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्