Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघ १६ : सार्वजनिक बिदाको विषयमा प्रदेश र केन्द्रबीच गञ्जागोल

काठमाडौं : बुधबार (भोलि) सहिद दिवसका अवसरमा माघ १६ गते प्रदेश ३ मा सार्वजनिक विदा दिने भनेर प्रदेश सरकारले अघिल्लोसाता नै निर्णय गर्‍यो । तर, यस विषयमा प्रदेश र केन्द्रबीच सामञ्जस्य नहुँदा गञ्जागोल देखिएको छ ।

हामीले गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीलाई सोध्यौं, ‘भोलि प्रदेश ३ ले दिने भनेको बिदालाई केन्द्रले सरकारले लागू गर्छ कि गर्दैन ?’ सुवेदीले प्रतिप्रश्न गर्दै भने, ‘कसले भन्यो भोलि बिदा रु मलाई केही थाहा छैन ।’ ‘तर, प्रदेश सरकारले गरेको निर्णय त बाहिर आइसक्यो नि रु’ भन्ने प्रश्न गर्दा सुवेदीले जवाफ दिए, ‘त्यो विषयमा प्रदेश सरकारलाई नै सोध्नुस् ।’

गृह प्रवक्ता सुवेदीले प्रदेश सरकारले भोलि बिदा दिने निर्णय गरेको विषयमा गृह मन्त्रालयलाई कुनै जानकारी नआएको बताए । ‘कुनै कतैबाट, कुनै लिखित वा मौखिक केही पनि जानकारी आएको छैन । तपाईंले भनेको आधारमा मैले कसरी पत्याउनु रु’ साथै उनले भोलि केन्द्र मातहतका सबै सरकारी कार्यालय खुल्ने पनि बताए ।

उता प्रदेश सरकारका गृहमन्त्री शालिकराम जमरकट्टेलले भने बिदा दिने निर्णयको बोधार्थ प्रधानमन्त्री कार्यालयलाई पठाइसकिएको बताए । ‘हामीले मन्त्रिपरिषदको निर्णयबारे मुख्यमन्त्री कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएका छौं । अब, संघ अन्तर्गतका कार्यालय बन्द हुन्छन् हुँदैनन्, त्यो म भन्न सक्दिनँ । तर, प्रदेशअन्तरगतका कार्यालय बुधबार खुल्दैनन् ।’

त्यस्तै, उता काठमाडौं महानगरले भने प्रदेशले दिएको बिदालाई स्वीकार गरेको छ । मंगलबार बसेको बैठकले भोलि महानगर अन्तरगतका कार्यालय र स्कुल–कलेजमा बिदा दिने निर्णय गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्