Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकासका भाषण भए नारामै सिमित : ‘सुखी नेपाली समृद्ध नेपाल’ फेसन भयो

काठमाडौं : वर्तमान समयमा विकासका नारा मात्रै बन्ने तर कार्यान्वयनका लागि आवश्यक पहल नहुने गरेको पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद सुरेन्द्र पाण्डेले बताएका छन् ।

संसदीय सुनुवाइ समितिमा राष्ट्रसंघको जेनेभास्थित स्थायी प्रतिनिधि र स्वीट्जरल्यान्डका लागि राजदूत प्रस्तावित मणिप्रसाद भट्टराईको सुनुवाइका क्रममा नेता पाण्डेले अहिले सुखी नेपाली समृद्ध नेपालुको नारा फेसन भएको बताएका हुन् ।

उनले भने, अहिले सुखी नेपाली समृद्ध नेपाल भन्ने फेसन भएको छ । के भएपछि नेपाली सुखी हुन्छन् र कति भएपछि नेपाल समृद्ध हुन्छरु केही तयारी गर्नुभएको छ राजदूतमा प्रस्तावित भट्टराईले आफ्नो कार्ययोजनामा सुखी नेपाली समृद्ध नेपालु बनाउन भूमिका खेल्ने भनेपछि पाण्डेले यस्तो प्रश्न गरेका हुन् ।

उनले थपे, पञ्चायतकालमा सबै पञ्चहरूले भन्थे विकासको मूल फुटाउँ, उनीहरूलाई त्यो भनेको के हो भनेर सोध्दा महाराजले भन्नुभएको छ भनेर जवाफ दिन्थे । त्यस्तै भयो यो पनि । प्रधानमन्त्री केपी शर्मा ओलीको यो नारालाई अहिले सरकारी कर्मचारीले औपचारिक रूपमा घोक्ने गरेका छन् ।

पछिल्लो समय राजदूतमा प्रस्तावित परराष्ट्र मन्त्रालयका कर्मचारीले राजदूतमा पठाए आफ्नो कार्ययोजनामा सुखी नेपाली समृद्ध नेपाल बनाउन अहम् भूमिका खेल्ने बताउँदै आएका छन् । पाण्डेले सन् २०२० मा नेपाल पर्यटन वर्ष बनाउने भन्ने गरिएको तर त्यसका लागि काम भने हुने नगरेको बताए ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्